ग्लोबल आइएमई बैंकको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर
वि.सं.२०७७ भदौ २८ आइतवार १७:३५
1.4K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्को बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बाग्लुङ् जिल्लाको बाग्लुङ् नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।
एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ् क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गर्नुभएको हो ।
सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ् सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सनकाउण्टर तथाराजश्व संकलनकाउण्टर, २१९शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७७ भदौ २८ आइतवार १७:३५




















