YouTube Link

एनआईसी एसियाको क्विज विजेतालाई आकर्षक पुरस्कार

Facebook Link

काठमाण्डौं: एनआईसी एसिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एसिया क्विज’ योजना सार्वजनिक गरेको छ।

 

बैंकका ग्राहक तथा अन्य महानुभावले बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जबाफ दिई यो योजनामा सहभागी हुन सक्नेछन्। यस योजना अन्तर्गत भदौ २५ गतेदेखि आउँदो असोज १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीले दिनुपर्नेछ।

 

यसरी सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पमध्येबाट सहभागीले आफ्नो सामान्य जानकारीसहित आफूलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ। यसरी सोधिएका प्रश्नमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदासमेत सहभागीहरू विजेता बन्न सक्ने बैंकले जनाएको छ। यसैगरी जति धेरै सही जबाफ सहभागीले दिनेछन्, त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुनेसमेत व्यवस्था गरिएको बैंकको भनाइ छ।

 

बैंकले यो योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्ने जनाएको छ। बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनोट गर्ने व्यवस्था बैंकले गरेको छ।

 

यस योजनामा सहभागी भई सही जबाफ दिने एकजनालाई रिचार्जरका तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएको छ। त्यसैगरी पालसोनिकका तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजका तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनका तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रिल र यासुदाका तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ।

 

सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने पाँचजना भाग्यशालीलाई एलजीका तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा चारजनालाई रू. ५०० बराबरको मोबाइल रिचार्ज सुविधा प्रदान गरिनेछ।

 

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ। जसमार्फत यस बैंकको एनआईसी एसिया क्विज योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधाजस्ता गतिविधिका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...