नेप्से उकालो लाग्यो, दुई घण्टामै ४.५३ अंक
वि.सं.२०७७ भदौ २४ बुधवार १६:१८
1.6K
shares
काठमाडौ: नेपालको एउटैमात्र दोस्रो बजार नेप्से, मात्र दुई घण्टामा ४.५३ अंकले बढेको थियो । यसरी बढ्दा कारोवार गर्ने सबै खुसीले गदगद छन् । कारोबार भएको सयमदेखि नै हरेक शेयरकर्ताको मनमा कौतुहलता छाएको थियो तर अचानक दुई घण्टाको अवधिमै १८५ ओटा कम्पनीको ११ हजार २८५ पटक कारोबार हुँदा १६ लाख ८५ हजार ३६१ कित्ता शेयरको रु. ९१ करोड ४७ लाख बराबरको शेयर खरिद बिक्री भएको थियो । नेप्सेमा सुचीकृत सबै कम्पनीमध्ये नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य रु ३५८५ मा आज कारोबार भयो । साथै अरु केही कम्पनीहरुको शेयर पनि सोचेको भन्दा राम्रो मूल्यमा कारोबार भएको थियो ।

वि.सं.२०७७ भदौ २४ बुधवार १६:१८



















