लक्ष्मी बैंककाे अध्यक्ष पदमा रमण नेपाल नियुक्त
वि.सं.२०७७ भदौ १७ बुधवार १६:०९
1.6K
shares
काठमाडौं: लक्ष्मी बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
उनले बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपाल यसअघि साेही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए ।
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गर्नु भएकाे छ ।
नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंककाे नियमन, सुपरीवेक्षण, विनिमय विभाग साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा काम गरेको अनुभव रहेकाे छ ।
हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । लक्ष्मी बैंकमा नागरिक लगानी काेषकाे करिव १५ प्रतिशत सेयर लगानी रहेकाे छ ।
वि.सं.२०७७ भदौ १७ बुधवार १६:०९




















