नेपाल बंगलादेश बैंकद्वारा रेन्डिसिभिर औषधि हस्तान्तरण
वि.सं.२०७७ भदौ १२ शुक्रवार १२:३८
1.9K
shares
काठमाडौं: नेपाल बंगलादेश बैंकले २ करोड २५ लाख रुपैयाँ बराबरको ५ हजार थान जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ ।
ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई बिहीबार कोरोना भाईरसको जीवन रक्षक मानिएको औषधि रेन्डिसिभिर पाँच हजार थान हस्तान्तरण गरिएको छ ।
बैंकले कोरोना भाईरसको उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि रेन्डिसिभिर नेपालमा अभाव भइरहेको बेला उक्त सहयोग गरेको हो ।
बैंकको संयुक्त लगानीको बैंक आईएफआईसी बैंक बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो ।
उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बैंकले जनाएको छ ।
बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिम्मेवारी बहन गर्दै यसअघि पनि नेपाल सरकारको कोरोना भाईरस फण्डमा एक करोड ४५ लाख रूपैयाँ प्रदान गरिसकेको छ ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १२:३८




















