एभरेष्ट बैंकद्वारा ग्राहकहरुलाई आरटी पीसीआर परीक्षणमा छुट
वि.सं.२०७७ भदौ १२ शुक्रवार १२:२१
1.5K
shares
काठमाडौं: एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री(सी.डी.एल) सँग सहकार्य गरेको छ ।
बैंकका नायब-महाप्रबन्धक डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।
कोरोना भाईरसको कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ ।
एभरेष्ट बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले सी.डी.एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
ग्राहकहरुले ईबीएल मोबाईल बैंकिङ एप-ईबीएल टच २४ प्रयोग गरि आरटी पीसीआर परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १२:२१



















