सनराइज बैंकद्वारा नारी बचत खाताको सुरुवात
वि.सं.२०७७ भदौ ७ आइतवार १५:३७
1.5K
shares
काठमाडौं: सनराइज बैंकले डिजिटल माध्यममा नयाँ नयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ ।
बैंकले तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
बैंकले केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रकि्रयागत खर्चमा विशेष छुटको व्यवस्था गरेको छ ।साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २ हजार सम्मको क्यास व्याक दिने व्यवस्था गरेको छ । विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७७ भदौ ७ आइतवार १५:३७




















