उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै तरकारीको मूल्य बढ्यो
वि.सं.२०७७ भदौ ७ आइतवार १५:३२
1.6K
shares
काठमाडौं: कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै तरकारीको मूल्य पनि बढेको छ ।
उपत्यका बाहिरबाट आउने तरकारी सहज रुपमा काठमाडौं छिर्न नपाएका कारण मूल्य बढ्न थालेको हो ।
केही दिन अगाडिसम्म प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्मा पाइने गोलभेडा अहिले १ सय देखि १ सय २० रुपैयाँसम्म पुगेको छ ।
यसैगरी हरियो फर्सी १ सय २०, भिँडी १ सय, घिरौला १ सय तथा आलु प्रतिधार्नी २ सय २० रुपैयाँसम्म पुगेको छ ।
कालीमाटी थोक बजारमै गोलभेंडाको मूल्य २९ प्रतिशत, प्याज सुकेको २१ प्रतिशत र मुला २० प्रतिशतसम्म बढेको छ ।
वि.सं.२०७७ भदौ ७ आइतवार १५:३२



















