नेपाल राष्ट्र बैंकद्वारा रेमिट्यान्स भुक्तानी काउन्टर खोल्न निर्देशन
वि.सं.२०७७ भदौ ५ शुक्रवार १४:५६
1.7K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञाको समयमा पनि स्थानीय प्रशासनसँग समन्वय गरेर रेमिट्यान्स भुक्तानी गर्न निर्देशन दिएको छ ।
शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले एक निर्देशन सार्वजनिक गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले विदेशमा कार्यरत नेपालीले पठाएको रकम यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन समस्या पर्न सक्ने बताउँदै रकम भुक्तानीका लागि काउन्टर खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी रेमिट्यान्स फन्ड ट्रान्सर्फर तथा विदेशी मुद्रा सटही गर्ने एवम विप्रेषण भुक्तानी बैंक मार्फत हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
वि.सं.२०७७ भदौ ५ शुक्रवार १४:५६



















