प्रभु बैंकद्वारा दोस्रो सहयोग
वि.सं.२०७७ साउन ३१ शनिवार ११:२०
1.7K
shares
काठमाडौं: प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुक्रबार उक्त रकम अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नु भएको छ ।
यस अघि गत चैत २० गते पनि बैंकले १ करोड १ लाख रुपैयाँ कोषमा सहयोग गरेको थियो ।
वि.सं.२०७७ साउन ३१ शनिवार ११:२०




















