Texas College
YouTube Link

नबिल बैंकको नाफा ३ अर्ब ५६ करोड

Facebook Link

काठमाडौं: नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ ।

उक्त नाफा अघिल्लो वर्षको तुलनामा १५.८५ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले गत आवमा १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब कर्जा परिचालन गरेको थियो ।

त्यस्तै, बैंकको जगेडा कोष बढेर १२ अर्ब ६६ करोड लाख रुपैयाँ पुगेको छ भने सेयरधनी कोष घटेर ३ अर्ब ४ करोड रुपैयाँमा सीमित छ ।

अघिल्लो आर्थिक वर्ष बैंकको जगेडा कोषमा १० अर्ब ४४ करोड रूपैयाँ र सेयरधनी कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ थियो ।

हाल ३७.२४ रुपैयाँ प्रति सेयर आम्दानी रहेको बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

यस्तै, खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेको बैंकको गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ ।

यस्तै, बैंकले कष्ट अफ फण्ड ५.४९ प्रतिशत, सीसीडी रेसीयो ६८.०८ प्रतिशत, स्प्रेड रेट ३.७३ प्रतिशत, बेसरेट ७.३२ प्रतिशत कायम गरेको छ ।

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...