YouTube Link

नेपाल बैंकको नयाँ कर्जा योजना

Facebook Link

 

काठमाडौं: नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा नयाँ कर्जा योजनाहरु ल्याएको छ ।

बैंकले घर कर्जा, नयाँ लघु उद्यम तथा सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा सस्तो व्याजदरमा दिने भएको हो ।

बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिकालागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गरेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ । सो ब्याजदर बैंकिङ्ग क्षेत्रकै न्युन ब्याजदर हो ।

यस प्रकारका कर्जाहरु सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसायीले प्राप्त गर्न सक्ने छन् ।

बैंकले उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख रूपैयाँदेखि ९९ लाख रूपैयाँ सम्मको लघु उद्यम कर्जा उपलब्ध गराउने बताएको छ ।

त्यस्तै १ करोड रूपैयाँदेखि ३ करोड रूपैयाँ सम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा उपलब्ध गराउने बताएको छ ।

दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजीकर्जा प्रदान गर्न सकिनेछ ।

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिन भित्र  प्रदान गर्ने व्यवस्था रहेको छ ।

बैंकले घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी वार्षिक ब्याजदर ९.९९ प्रतिशत घडेरी कर्जा ल्याएको छ ।

घडेरी जग्गा खरिद र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी  आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो ।

यस कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ । कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ ।

नेपाल बैंकले १ सय ८६ वटा शाखाहरु, १ सय २५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...