YouTube Link

पश्चिम ठमेल पर्यटन परिषद्वारा विभिन्न संस्था एवं व्यक्तित्वहरु सम्मानित

Facebook Link

काठमाडौं: पश्चिम ठमेल पर्यटन परिषद्ले विभिन्न संस्था एवं व्यक्तित्वहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

परिषद्का अध्यक्ष सन्तोष पाँडेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहभागी एवं सहयोगी संस्थाहरुलाई सम्मान गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा लकडाउनको अवधिमा विविध सामाजिक कार्यमा सहयोग पुर्याउने सञ्चार माध्यम, सुरक्षाकर्मी, विभिन्न संस्था र होटल व्यवसायी लगायतलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा होटल सञ्चालक चन्द्रविर कंसाकार, लोकबहादुर श्रेष्ठ, सोह्रखुट्टे प्रहरी बृत्तका प्रहरी निरीक्षक सुरेन्द्र धमला, सोह्रखुट्टे ट्राफिक कार्यालयका राजु भण्डारी, फेम्ली एण्ड फ्रेन्ड्सका रन्डल बलिङ, सञ्चारकर्मी कृष्ण कार्की, मणिराज गौतम र प्रशान्त प्रधानलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रिजालले पश्चिम ठमेल पर्यटन परिषद्ले छोटो समयमा निभाएको सामाजिक उत्तरदायित्वको कार्यक्रमले आफू प्रभावित भएको र व्यवसायीको हितमा वडा कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

उक्त अवसरमा व्यवसायीलाई घरभाडा छुट दिएका लोकबहादुर श्रेष्ठ, चन्द्रविर कंसाकारलाई सम्मानित गरिएको थियो । श्रेष्ठले आफ्नो घरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई १ महिनाको पूरा भाडा र १ वर्षका लागि ५० प्रतिशत भाडा छुट दिएको जनाए ।

परिषद्को समन्वयमा यस्तो महामारीको बेला यस क्षेत्रका करिब ८० प्रतिशत घरधनीहरुले घरभाडामा छुट दिन सहमति भएको बताउँदै परिषद्का सहकोषाध्यक्ष राजेन्द्र कुँवरले सम्पूर्ण घरधनीहरुप्रति आभार व्यक्त गर्नुभएको छ ।

पश्चिम ठमेल कालधारा, सोह्रखुट्टे, पकनाजोल, क्षेत्रपाटी लगायतका स्थानलाई समेटेर व्यवसायीले हालै गठन गरेको संस्थाले छोटो समयमा नै सामाजिक कार्यलाई प्रमुख मुद्दा बनाएर विभिन्न सामाजिक कार्यक्रम, रक्तदान कार्यक्रम लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

सम्पूर्ण विश्व नै विषम परिस्थितिबाट गुज्रिरहेको यस परिवेशमा परिषद्ले आफ्नो स्थानबाट स्थानीय, जनप्रतिनिधि र विभिन्न संस्थाहरुको सहयोगमा करिब २ महिनासम्म नियमित खानाको व्यवस्था गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...