सिटिजन्स बैंकको ११० औं शाखा मुगुको गमगढीमा
वि.सं.२०७७ साउन २० मंगलवार १२:५०
1.7K
shares
काठमाडौं: सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी मंगलबारबाट गमगढी शाखा संचालनमा ल्याएको छ ।
बैंकले आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यका साथ शाखा विस्तार गरेको जनाएको छ ।
त्यस्तै बैंकले देशैभरी फैलिएका आफ्ना १ सय १० वटा शाखा, ९८ वटा ए.टि.एम. र १ सय ४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ साउन २० मंगलवार १२:५०



















