Rajshow Bivag

कोरोना संक्रमणले सात प्रतिशत पत्रकारको रोजगारी गुम्यो: अध्यक्ष आचार्य

Departmant of helth services

चितवन: नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताएका छन् ।

नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनले बताए ।

कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । सोही क्रममा कुराकानी गर्दै आचार्यले कोरोना सङ्क्रमणपछि पाँच वटा रेडियो बन्द भएको जानकारी दिए ।

हालसम्म बीस पत्रकारमा कोरोना सङ्क्रमण देखिएकोमा १८ जना सङ्क्रमणमुक्त भइसकेको उनले जानकारी दिए । लकडाउनको अवधिमा देशभरका ७०० छापा माध्यम बन्द भएको भन्दै उनले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए ।

“स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्रमोर्चामा रहेका छन्”, रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै उनले भने, “हामी आम जनताका समस्याका बारे बोलिरहेका छौँ भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौँ ।” यस्तो अवस्थामा सञ्चार क्षेत्र आफैँ अग्रपङ्क्तिमा रहँदा आफैँ प्रभावित हुनुपरेको उनको भनाइ थियो ।

पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै उनले महासङ्घ र जिल्ला शाखाले आपत्कालीन कोष खडा गरेको बताए । यो विषम परिस्थितिमा राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, “मिडिया हाउसलाई पनि सहुलियतपूर्ण ऋण दिनुपर्यो । सन्देशमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्न दिनुपर्यो ।” नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्य र महासचिव रमेश विष्टको टोली गण्डकी प्रदेशबाट प्रदेश नं १ सम्म र उपाध्यक्ष विपुल पोखरेलको टोली प्रदेश नं बाट ५ बाट सुदूरपश्चिम प्रदेशसम्म अनुगमनमा निस्किएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

वि.सं.२०८१ जेठ ६ आइतवार १७:३७

  काठमाडौं: प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन...

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६

  काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल...

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

वि.सं.२०८१ जेठ ६ आइतवार ११:३२

  काठमाडौं: नेपाली कांग्रेसको नेतृत्वमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ६ आइतवार ११:०६

  काठमाडौं: सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमतिपछि...

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...