समुन्द्रफिनी धानलाई वृद्धि गर्न नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पाँच लाख बजेट छुट्याईयो
वि.सं.२०७७ साउन ४ आइतवार १७:३७
1.9K
shares
नुवाकोटः नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्षको बजेटमा नेपालमा प्रसिद्ध शिखरवेंशीमा रहेको समुन्द्रफिनी धानलाई वृद्धि गर्ने उद्देश्यले किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने व्यवस्था गरेको छ ।
साविकको शिखरबेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा ४० वर्ष पहिला नेपालभरि मात्र हैन सामान्य ज्ञानमा समेत नाम कमाउन सफल रहेको समुन्द्रफिनी लोपन्मुख हुँदै गएका कारणले सो गाउँपालिकाले आफ्नो ठाउँको नाम राख्न र धान वृद्धि गर्ने उद्देश्यले नयाँ बजेटमा ५ लाख रुपैयाँ छुट्याएको छ ।
धान लगाउने किसानलाई प्रोत्साहन गर्ने र धान लगाए वापत आर्थिक सहयोग समेत गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष योगेन्द्रसिंङ तामाङले बताए ।
वि.सं.२०७७ साउन ४ आइतवार १७:३७




















