साना किसान विकास लघुवित्तको नाफा ४३ करोडभन्दा माथि
वि.सं.२०७७ वैशाख ३० मंगलवार १०:१०
1.8K
shares
काठमाडौं: साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा २५.७५% ले बढी हो । गत वर्ष यस कम्पनीले ३४ करोड ५९ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी २१.५५% ले बढेर ७९ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २०.७५% ले बढेर ६५ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । यी दुवैमा सुधार आउँदा समग्र खुद नाफा बढ्न सहयोग पुगेको हो । चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ८६ करोड १४ लाख १६ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा साना किसानको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ रहेको छ । यसकाो प्रतिसेयर नेटवर्थ २८६ रुपैयाँ १० पैसा रहेको छ ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार १०:१०



















