YouTube Link

जनरल इन्स्योरेन्सद्वारा ४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन

Facebook Link

काठमाडौं: जनरल इन्स्योरेन्स कम्पनी नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा १०३ प्रतिशत बढी बीमा शुल्क आर्जन गरेको हो ।

गत वर्ष यस अवधिमा कम्पनीले २० करोड ५० लाख मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष यस अवधिसम्म १९ हजार ७ सय ६८ बीमा लेख जारी गरेको कम्पनीले यस वर्ष सोहि अवधिसम्म ४० हजार ६ सय ५७ बीमालेख जारी गरेको छ । गत वर्ष १ सय ४० जनालाई ७८ लाख दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष सय ९४४ जनालाई ८ करोड ९३ लाख दाबी भुक्तानी गरेको छ । यस वर्ष गत वर्षभन्दा कम्पनीको नाफा ३२ दशमलव ९० प्रतिशत बढी भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म २ करोड ३१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष सोहि अवधिमा ३ करोड ७ लाख मात्र खुद नाफा गरेको हो ।

यस वर्ष आम्दानी ४१ दशमलव ६६ प्रतिशत बढी ५ करोड ९५ लाख भएको कम्पनीले खर्च ५२ दशमलव ३८ प्रतिशत बढी २ करोड ८८ लाख गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ९० प्रतिशत बढी ३ करोड ७६ लाख र बीमा कोष रकम ८७ प्रतिशत बढी ४ करोड ११ लाख कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ५ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ १ सय १८ दशमलव ८४ छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...