कोरोना कोषमा प्रभु बैंकद्वारा एक करोड एक लाख सहयोग
वि.सं.२०७६ चैत २१ शुक्रवार १२:५७
1.3K
shares
काठमाडौं: नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा प्रभु बैंक लि.ले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिवलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंक लि.को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १२:५७




















