ओखलढुंगा जिप दुर्घटनामा तीन जनाको मृत्यु
वि.सं.२०७७ चैत २४ मंगलवार १७:५८
1.5K
shares
काठमाडौं: ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटना भएको छ । मंगलबार दिउँसो भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सामान बोकेर गइरहेको जिप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो । जिप दुर्घटनामा ७१ वर्षकी बिनामाया मगर, ५० वर्षकी टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको छ ।
ओखलढुंगा दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागी काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएकाले डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाइते तथा मृतकको उद्धार गरेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
मुक्तिनाथ विकास बैंकले १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्ने
वि.सं.२०७७ चैत २४ मंगलवार १७:५८




















