YouTube Link

व्यवसायीले विदेशबाट १६ करोडसम्म ऋण लिन पाउने, कार्ययोजनाबारे राष्ट्र बैंकलाई बुझाउनुपर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण लिन चाहने नागरिक, फर्म वा संस्थाले विदेशी मुलुकबाट सिधा रुपमा १६ कारोड रुपैंयासम्मको ऋण लिन पाइने जनाएको छ । विदेशमा रहेका नातेदार, अन्य व्यक्ति, गैर आवासीय नेपाली र संघ संस्थाहरुबाट सीधा ऋण लिन बैंकले खुला गरेको हो ।

राष्ट्र बैंकले भारतबाट त्यस्तो ऋण लिँदा १० करोड रुपैंया भारतीय रुपैंया र अन्य देशबाट ऋण लिँदा १० लाख डलर ननाघ्ने गरी सीधा रुपमा ऋण लिन पाइने जनाएको छ । अहिलेको विनिमय दरका आधारमा भारतबाट आउनसक्ने यो रकम करिब १६ करोड रूपैंया बराबर हो भने अन्य मुलुकबाट करिब १२ करोड नेपाली रूपैंया बराबर हो । तर त्यस्तो ऋण ल्याउँदा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्नेछ । यसअघि पनि यसरी प्रत्यक्ष रुपमा विदेशबाट ऋण लिनसक्ने प्रावधान थियो तर त्यसको सीमा ५ लाख डलर वा ५ करोड भारतीय रुपैंया सम्म मात्रै थियो तर त्यसरी लिइने रकममा कुनै पनि ब्याज दिन पाइँदैनथ्यो ।

व्यवसायिक संस्थाहरुले ब्याज दिएर ऋण लिनको लागि भने अन्तर्राष्ट्रिय ऋणपत्र जारी गर्ने वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने मात्रै विकल्प थियो । बैंकहरूले त्यस्तो ऋण लिन सक्ने विकल्प यसअघि नै थियो । तर बैंकहरुले ऋण लिएर लगानी वित्तीय मध्यस्तकर्ता लागतका कारण व्यवसायीको कुल लागत निकै धेरै पर्ने गर्थ्यो । अब त्यो लागतबिनै लगानी गर्नसक्ने विकल्प खुला भएको हो ।

विदेशबाट त्यसरी ऋण लिँदा ऋण लिन चाहने व्यक्ति, फर्म वा संस्थाले हाल गरिरहेको वा गर्ने व्यवसायको किसिम, र ऋणको उपयोगबारे कार्ययोजनाबारे राष्ट्र बैंकलाई बुझाउनु पर्नेछ । त्यस्तै, १ वर्षे लाइबोर दरमा ०.५ प्रतिशत भन्दा धेरै ब्याज दिने गरी त्यस्तो ऋण लिन नपाइने व्यवस्था गरिएको छ जबकी बैंक तथा वित्तीय संस्थाले लाइबोर दरमा ४ प्रतिशतसम्म ब्याज थपेर ऋण लिन पाउने व्यवस्था अहिले पनि छ ।

यस्तो ऋण घरजग्गा व्यवसाय बाहेक कानूनले रोक नलगाएका अन्य व्यवसायका लागि लिन सकिने बैंकले जनाएको छ । तर त्यसरी ऋण लिँदा ऋण चुक्ता गर्ने स्पष्ट कार्ययोजना भने राष्ट्र बैंकलाई ऋणीले बुझाउनुपर्ने बताइएको छ । सीधा रुपमा ऋण लिइए पनि त्यस्तो ऋण रकम बैंकिङ च्यानलबाट नै प्राप्त गर्नुपर्ने व्यवस्था भने राष्ट्र बैंकले गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...