YouTube Link

सोमालियामा भएको शक्तिशाली कार वम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो

Facebook Link

एजेन्सी: सोमालियाको राजधानी सहर मोगादिसुको दक्षिणपश्चिमको क्षेत्रमा कारमा राखिएको शक्तिशाली वम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९० जना पुगेको छ । मृत्यु हुनेमा स्थानीय विश्वविद्यालयका विद्यार्थी रहेको जनाईएको छ ।

घटनामा कम्तीमा ७० जना घाइते भएका छन् । विष्फोट सोमालियाको राजधानी सहर मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको हो । उक्त स्थानमा सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकोले विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने प्रहरीले जनाएका छन ।

घटनास्थलमा कारका टुक्राहरू रहेको सामाजिक सञ्जाल तथा टेलिभिजन मार्फत सार्वजनिक दृष्यहरूमा देख्न सकिन्छ भने सुरक्षाकर्मीहरूले घटनास्थल बरपरका क्षेत्रमा आक्रमणकारी लुकेका हुनसक्ने आशङ्कामा उनीहरूको खोजी भईरहेको जनाईएको छ । मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटकपटक आक्रमण गर्दै आएको छ । प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरू समेत परेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...