अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति
वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८
243
shares
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे आज संविधानविदहरुसँग परामर्श गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे शीतल निवासमा संविधानविद्हरूलाई परामर्शका लागि बोलाएका छन् ।
सरकारले यही वैशाख १४ र १५ गते गरी ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको छ । सरकारले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन-२०६६, सहकारी ऐन-२०७४ लाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । संघीय संसद बैठक आह्वान गरेको भोलिपल्टै स्थगित गरेको सरकारले अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेपछि आलोचना भइरहेको छ । विपक्षी दलहरूले पनि विरोध गरिरहेका छन् ।
वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८




















