YouTube Link

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

World Cup 2026
Facebook Link
vision

पहिलो संविधानसभा निर्वाचनको सुरक्षा कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपालले द्वन्द्व शान्तिमा रुपान्तरण भएपछिको पहिलो निर्वाचन शान्तिपूर्वक सम्पन्न गरेर दुनियाँलाई उदाहरण प्रस्तुत गरेको थियो । एउटा विशेष परिस्थितिमा द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने ध्येयका साथ गठन भएको सशस्त्र प्रहरी बल, नेपालले आफ्नो उद्देश्यप्राप्तिमा अब्बल भूमिका निर्वाह गर्दै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न खेलेको भूमिकाको पनि सर्वत्र प्रशंसा भएकै हो ।

 

द्वन्द्व शान्तिमा रुपान्तरण भएपछि सशस्त्र प्रहरी बल, नेपालको भूमिका फेरियो । आन्तरिक सुरक्षाका विविध आयाम राजश्व चुहावट नियन्त्रण, सीमा, महत्वपूर्ण व्यक्ति, औद्योगिक प्रतिष्ठान, हाइवेलगायतको सुरक्षाका साथै विपद्-उद्धार उसका जिम्मामा परे । ती जिम्मेवारीमा उसले खेलेको भूमिका सबैका सामु छर्लङ्ग छ । हाइवेमा हुने चोरी-डकैती, लुटपाट, सीमामा हुने तस्करी, औद्योगिक प्रतिष्ठानमा हुने चन्दा आतंक अहिले छिटफूटबाहेक बन्द छन् भने विपद्-उद्धारमा सशस्त्र प्रहरी बल, नेपालको खटाई नदेख्ने शायदै होलान् ।

 

रणनीतिक र दूरदर्शी संगठन प्रमुख पाउनु पनि सशस्त्र प्रहरी बल, नेपालको सुरक्षा सफलताको कारण हुनसक्छ । अहिले राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको कमाण्ड सम्हालिरहेका छन् । सांगठनिक सुधारलाई चुस्त बनाउन राजनीतिक हस्तक्षेप छेक्न प्रयासरत सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्र-राष्ट्रबासी र संगठनको हितमा खरो प्रस्तुत हुने, तर बहालवालामात्र होइन, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीको मनमा डेरा जमाएका कमाण्डर हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको स्पष्ट मान्यता छ- ‘चेन अफ कमाण्डमा चल्ने सुरक्षा संगठनमा सामान्य कमजोरी पनि शायद क्षम्य हुँदैन ।’

 

माघ ९ गते गठनको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) मनाउँदै गरेको सशस्त्र प्रहरी बल, नेपालको कमाण्ड २०७९ साल वैशाख १८ गतेबाट सम्हालेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनमा राजनीतिक हस्तक्षेप छेक्नेमात्र होइन, बोर्डर आउट पोष्ट (बीओपी) को संख्या बढाएर सीमा सुरक्षालाई प्रभावकारी बनाउन, लामो समयदेखि रोकिएका बढुवा प्रक्रियालाई गति दिन, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउँदै सांगठनिक क्रियाकलापलाई पारदर्शी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्पष्ट छ ।

 

यतिमात्र होइन, अध्ययनशील र बौद्धिक संगठन प्रमुखका रुपमा चिनिएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासन, विवेक र संयमताका साथ आफ्नो कार्य सम्पादन गर्न बारम्बर अह्राउँदैमात्र आएका छैनन्, जिम्मेवारीबोध नगर्नेहरुलाई तत्काल कारबाहीको नीति अवलम्वन गरेका छन् भने तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल बढाउन विभिन्न युनिटहरुमा युनिट फण्डको अवधारणासमेत कार्यान्वयनमा ल्याएका छन् । सशस्त्र प्रहरी बल, नेपालमा यस्ता थुप्रै नीतिगत र व्यवहारिक सुधार गरेका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालजस्ता कमाण्डर पाउनुमा शायद सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले गर्व महसुस गरेकै होलान् ।

 

आफ्नो गठनको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) लाई सामाजिक उत्तरदायित्वसँग जोडेर सशस्त्र प्रहरी बल, नेपालका बाहिनी, गण, गुल्मलगायतका देशभरका युनिटहरुले जनमन छुने गरी विभिन्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्, जसबाट विद्यार्थी, महिला, जेष्ठ नागरिक, अल्पसंख्यक समुदाय, सीमाबासी नेपालीहरु बढी नै लाभान्वित भएका खबरहरु प्राप्त छन् । स्थानीयहरुको अवस्था, आवश्यकता र समस्याका बारेमा सशस्त्र प्रहरी अधिकारीहरुले सम्वाद गरेर सशस्त्र प्रहरी बल, नेपालको छवि जनतामाझ उजिल्याउन थप भूमिका खेलिरहेको पाइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...