भस्ट्राचार विरुद्ध हाम्रो गोलको उपाधि टिटिजीले उचाल्यो
वि.सं.२०८२ कात्तिक ३० आइतवार १२:३९
1.3K
shares
काठमाडौं: बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा आयोजित भस्ट्राचार विरुद्ध हाम्रो गोल २०८२ प्रतियोगिताको उपाधि टिटिजीले जितेको छ । बुद्धि बिकास खेल मैदान ललितपुरमा शनिबार आयोजित प्रतियोगितामा लायन एफसीलाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै टिटिजीले उपाधि जितेको हो ।
बक्स अफिस इन्टरनेसनल ग्रुपले एक वर्षमा करिव ५३ वटा प्रतियोगिता सञ्चालन गरेको क्यालेन्डर अनुसार संस्थाले कात्तिक २९ गते आयोजना गरेको थियो । हाल देशमा भईरहेको व्याप्त भस्ट्राचारविरुद्ध हाम्रो गोल समाजिक सन्देशमूलक प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी, लाइन एफसी, लामा टोल ब्वाइज (टिटिजी) एफसी, सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए ।

भस्ट्राचारविरुद्ध हाम्रो गोलको सेमिफाइनलको पोहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई लाइन एफसीले ३-२ गोल अन्तरले पराजित गरेर फाईनल प्रवेश गरेको थियो । त्यसैगरी दोस्रो सेमिफाइन खेलमा टिटिजीले सोल्टी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै लायन एफसीसँग उपाधि भिडन्तको यात्रा तय गरेको थियो ।
टिटिजी एफसी र लाइन्स एफसीको फाईनल खेलको निर्धारित समयमा १-१ गोलमा खेल सकिँदा खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा लायन एफसीका दुई खेलाडिले पोष्टको दिशा दिन नसक्दा अन्तत टिटिजीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी टिटिजीका निराजन श्रेष्ठ भए भने उत्कृष्ट गोकिपरमा लायन एफसीका इन्द्र लामा चुनिए । फेयर प्लेमा भने सोल्टी एफसी घोषित भए ।

बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा भस्ट्राचारविरुद्धको बिजेता उपबेजेतालाई नृत्य निर्देशक संघका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार प्रदीप रमण सिंह डंगोल, महिला उद्यमी आस्मा राउत, समाजसेवी डिबि बर्मा, व्यवसायिक सुर्य खड्काले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । देशमा ब्याप्त भस्ट्राचार विरुद्ध आफुले देशभर रहेको फुटबल क्लबहरुलाई आह्वान गरि हरेक वर्ष यस्तो प्रकाको खेल नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए ।

वि.सं.२०८२ कात्तिक ३० आइतवार १२:३९




















