YouTube Link

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

Facebook Link

काठमाडौं: नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाजबीच खेल हुनेछ ।

 

किर्तिपुरस्थित टियु मैदानमा हुने यो पहिलो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुनेछ । दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते फाईनल खेल हुनेछ । यस पटक कुल ३२ खेल हुने छन् । क्यानले गत वर्ष एनपिएलका लागि आठ सहरका नाममा टिम छुट्याएर बिक्री गरेको थियो । विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स,  लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।

 

सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर टिम तयार पारेका छन् । हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ । यस पटक फाप डुप्लेसि, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी पनि थपिएका छन् ।  दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन् । सहभागी टिमहरूले खेलाडी मात्र होइन, विश्वका नामी प्रशिक्षकलाई पनि आबद्ध गरेर दोस्रो एनपिएलको आकर्षण बढाएका छन् ।

 

यसपालि आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका छन् । गत वर्ष जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउने पुबुदु दसनायके विराटनगर किङ्सको प्रशिक्षक बनेका छन् । अन्य चार विदेशी प्रशिक्षक नयाँ छन् । जनकपुरले वेस्ट इन्डिजका महान् ब्याट्सम्यानमध्ये एक शिवनारायण चन्दरपलले प्रमुख प्रशिक्षकका रूपमा टिममा भित्र्याएको छ । नेपालका पूर्वप्रशिक्षक मोन्टी देसाईमाथि काठमाडौँ गोर्खाजले विश्वास गरेको छ । यसैगरी पोखरा एभेन्जर्सले भारतका राजीव कुमार र लुम्बिनी लाइन्सले भारतीय मूलका टिनु योहान्नालाई आफ्नो टिमलाई च्याम्पियन बनाउने जिम्मेवारी सुम्पेका छन् ।​

 

एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।  त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुनेछ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुनेछ । त्यस्तै मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

वि.सं.२०८३ कात्तिक १७ मंगलवार १२:५२

मुस्ताङ: सन् २०२६ को १० महिनामा २ लाख ८५ हजार...

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...