एनपीएलको टिकट बुकिङ खुला, हेर्नुहोस टिकट दर कति ?
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०७:२६
1.1K
shares
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री औपचारिक रूपमा खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकले विभिन्न दरमा टिकट खरिद गर्न सक्ने भएका छन् ।
क्यानका अनुसार दर्शकका लागि विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन् । ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ । त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० पर्नेछ ।
यसबाहेक, सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पासको व्यवस्था गरिएको छ, जसको मूल्य रु १५,००० तोकिएको क्यानले जनाएको छ । उक्त पासमार्फत प्रतियोगिताका सबै खेल हेर्न सकिनेछ । टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार बनाइएको छ । क्रिकेटप्रेमीले सो एपमार्फत आफ्ना टिकट अनलाइन खरिद गर्न सक्नेछन् ।

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०७:२६




















