YouTube Link

फ्रान्सका लामोत-गोवाका मेयर आल्याँ स्कुदेलारो र ललितपुरका मेयर चिरीबाबु महर्जनबीच भेतवार्ता

World Cup 2026
Facebook Link

काठमाडौं: ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र फ्रान्सको लामोत-गोवाका मेयर आल्याँ स्कुदेलारोबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका मेयर एवम् फ्रान्सका भावी सिनेटरका रुपमा उदायका नेता स्कुदेलारोलाई महर्जनले ललितपुर महानगरपालिकाको आफ्नै कार्यकक्षमा स्वागत गरे ।

 

 

दुई मेयरबीच महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्दै सकारात्मक काममा सहकार्य गर्ने कुराकानी भएको थियो । स्कुदेलारोलाई मित मेयरका रुपमा परिचित गराएका महर्जनले संवादका क्रममा आ-आफ्ना शहरका विशेषता तथा सम्भावनाका बारेमा छलफल गरेका थिए । दुई देशको शहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरू आदान प्रदान गर्न सक्ने उनीहरुको भनाई छ । ‘ललितपुर कला संस्कृति र सम्पदाको शहर हो । यस क्षेत्रमा भएका हाम्रो असल अभ्यास स्कुदेलारोले उनको पालिकामा उपयोग गर्न सक्छन’, महर्जनले भने ‘हामीले पनि फ्रान्सको विकास, प्रविधि शिक्षा लगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौं ।’ केहि वर्ष अघि महर्जन आफ्नो प्रतिनिधिमण्डल सहित फ्रान्स भ्रमण गरेका थिए ।

 

 

फ्रान्स र नेपालबीचको सम्बन्ध सुधारमा यस्ता उच्चस्तरीय भेटवार्ता र सहयोग आदान-प्रदानले महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिने बताइएको छ । स्कुदेलारोले नेपाल-फ्रन्सको सम्बन्ध स्थापित गर्न धेरै कामहरु गरेका छन् । उनले नेपालको विद्यालय शिक्षाका क्षेत्रमा लगानी गरेको नेपाल फ्रान्स मैत्रीसंघका अध्यक्ष विनोद खकुरेलले बताए । ‘स्कुदेलारो फ्रान्सका आगामी सिनेटर पनि हुन । उनले नेपालसँगको सम्बन्ध स्थापित गर्न र आवश्यक सहयोग आदान-प्रदान गर्न महत्वपूर्ण योगदान गर्दै आएका छन’, खकुरेलले भने ।

 

 

२०औं पटक नेपाल भ्रमणमा आएका उनले नेपालस्थित फ्रन्सेली राजदुतावासका अधिकारीहरुसहित नेपालका विभिन्न विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेका छन् । भ्रमणका क्रममा स्कुदेलारोले विश्वभर प्रसिद्ध रातो मन्छिन्द्रनाथको रथ यात्रासहित धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । भेटका क्रममा दुवै मेयरले मायाको चिनोसहित कोशेली आदान-प्रदान समेत गरेका थिए ।

 

 

यसअघि मेयर महर्जनलाई नोभेम्बर २०२१ मा मेयर आल्याँ स्कुदेलारोको नेतृत्वमा फ्रान्सको लामोत-गोवामा स्वागत गरिएको थियो । त्यसबेला उनलाई फ्रान्सेली मेयरहरूको संघको प्रतिष्ठित १०३औं कांग्रेसमा भाग लिन आमन्त्रित गरिएको थियो । सो अवसरमा मेयर महर्जनलाई नेपाल-फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेलसँगै लामोत-गोवाको मानार्थ नागरिकको सम्मान समेत दिईएको थियो । जुन नगरपालिका स्तरमा प्रदान गरिएको र फ्रान्सेली सरकारले मान्यता दिएको सर्वोच्च सम्मान मध्ये एक हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...