काठमाडौंसहित केहि स्थानमा वर्षा
वि.सं.२०८२ वैशाख २१ आइतवार ०८:३६
1.4K
shares
काठमाडौं: हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही तथा बाँकी भू-भागका थोरै स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भू-भागका एक/दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना छ ।
वि.सं.२०८२ वैशाख २१ आइतवार ०८:३६




















