YouTube Link

हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिए

Facebook Link

काठमाडौं: सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् ।

 

नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ५ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

 

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख ९ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।

 

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । “हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व महामारी स्तरमा पुगेका छौं, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ”, बोर्डले उल्लेख गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए । ‘यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो’, उनले भने ।

 

बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी-अप्रिल) को अवधिमा ४ लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार ८०० विदेशी पर्यटक नेपाल आएका थिए ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
भाटभटेनीले यो देशलाई के अन्याय गरेछ ?

भाटभटेनीले यो देशलाई के अन्याय गरेछ ?

वि.सं.२०८२ असोज ११ शनिवार १६:३८

काठमाडौँको टंगालमा झुण्डिएका देवता राखिने एउटा मन्दिर छ, आकाशदेवीको ।...

“पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुनसक्छ”

“पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुनसक्छ”

वि.सं.२०८२ असोज १० शुक्रवार ०९:५९

काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्कामात्र नभई उनीहरूलाई पक्राउ...

यस्तो छ देशबासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ देशबासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

वि.सं.२०८२ असोज १० शुक्रवार ०९:३२

काठमाडौं: अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित...

१६ सय जनाका लागि खुल्यो नेपाल प्रहरीमा जागिर

१६ सय जनाका लागि खुल्यो नेपाल प्रहरीमा जागिर

वि.सं.२०८२ असोज १० शुक्रवार ०९:१६

काठमाडौं: नेपाल प्रहरीले करिव एक हजार ६ सय जनशक्ति भर्नाका...

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

वि.सं.२०८२ असोज ९ बिहीवार १२:०६

काठमाडौं: भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत अनि कहिलेकाहीँ कठोर र...

बाढी पहिरोले पाँच सडक पूर्णरूपमा अवरुद्ध

बाढी पहिरोले पाँच सडक पूर्णरूपमा अवरुद्ध

वि.सं.२०८२ असोज ९ बिहीवार १०:४०

काठमाडौं: बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडक अवरुद्ध...