YouTube Link

को बन्ला आईजीपी ? यस्तो छ दाबेदारहरुको विगत

Facebook Link

काठमाडौं: चालु संसद्को अधिवेशनमा प्रस्तुत गरिएको प्रहरी ऐन, २०१२ लाई विस्थापित गर्ने नयाँ ऐन तत्काल पारित नहुने अवस्थामा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तीस वर्षे सेवा हदका कारण चैत ५ गतेबाट अवकाशमा जाँदैछन् । यदि नयाँ प्रहरी ऐन पारित भएको भए उनको एक वर्ष सेवा अवधि लम्बिन्थ्यो । तर, अब त्यो सम्भावना विस्तारै टर्दै गएको छ । ऐन पारित हुने प्रक्रिया भने लामै बाँकी छन् ।

 

टेकबहादुर तामाङ

 

यसपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी प्रहरी महानिरीक्षकको दाबेदारका रुपमा देखिन्छन् । उनीहरु तीनैजना २०५२ साल भदौ १९ गते एकै दिन प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

 

विगततिर फर्किने हो भने प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा यी तीनै जना २०६३ साल भदौ १५ गते बढुवा भए । तर, प्रहरी उपरीक्षकमा भने टेकबहादुर तामाङ र सुदीप गिरी २०७१ साल फागुन ६ गते बढुवा भए भने दीपक थापा त्यसको सात महिनापछि मात्र २०७२ साल साउन ६ गते बढुवा भए । प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुँदा तामाङ र थापा २०७५ साल फागुन ६ गते बढुवा भए भने सुदीप गिरी पछि बढुवा भए ।

 

दीपक थापा

 

प्रहरी नायब महानिरीक्षकमा यी तीनैजना एकै पटक २०७९ साल असार १५ गते बढुवा भए । तर, प्रहरी अतिरिक्त महानिरीक्षकमा २०७९ साल चैत ९ मा बढुवा हुँदा भने तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सन्दीप भण्डारी र मीरा चौधरी सिनियर हुँदाहुँदै उनीहरु सहित तामाङ र गिरीलाई छुटाएर अहिलेका महानिरीक्षक कुँवरकै लटमा दीपक थापालाई बढुवा गर्दा सिनियरहरुमा केही निराशा छाएको बुझिएको थियो । थापाको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएको १५ दिनपछि २०७९ साल चैत २४ मा तामाङ र गिरीलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरिएको थियो ।

 

विश्वस्त सुत्रका अनुसार तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७५ साल माघमा प्रहरी नियमावली संशोधन गरी दीपक थापालाई प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको थियो । प्रहरी नियमावली अनुसार प्रहरी उपरीक्षक भएको चार वर्ष पूरा भएपछि वरिष्ठ उपरीक्षकमा बढुवा गर्नुपर्नेमा त्यतिबेला थापाको चार वर्ष पूरा भएकै थिएन । सुत्रहरु यसको कारण भन्छन्- ‘अघिल्लो स्थानीय चुनावमा थापा चितवन प्रहरी प्रमुख थिए र प्रचण्डकै ग्राण्ड डिजाइनमा रेणु दाहाललाई भरतपुरको मेयरमा जिताउन थापाले भूमिका खेलेका थिए ।’

 

सुदीप गिरी

 

उता तामाङलाई पूर्व भोजपुरका भएका नाताले प्रधानमन्त्री र उनको पार्टी निकट अनि गिरीलाई नेपाली कांग्रेस निकट पूर्वन्यायाधीशका छोरा भएका कारण नेपाली कांग्रेस नजिक भनेर चिनिए पनि उनीहरु राजनीतिक ट्याग नै भिरेर विगतमा बढुवाका लागि मैदानमा उत्रिएको भने पाइएको छैन । थापा उसै पनि माओवादी केन्द्र निकट भनेर पहिल्यैदेखि चिनिएका हुन् । सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विभिन्न निकायमा खाली हुँदै गरेका प्रमुख भागबण्डा हुँदा प्रहरी महानिरीक्षक कसको भागमा पर्ने हो ? तर, जसको भागमा परे पनि जनतासँग सबैभन्दा नजिक रहेर काम गर्नुपर्ने सुरक्षा निकाय नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप बन्द गरेर यी तीन जनामध्ये काविल, इमानदार, क्षमतावान, निष्कलंक व्यक्तिलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने सुरक्षाविद्हरुको राय छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...