YouTube Link

उपाधिका लागि आज नेपाल र म्यानमाबीच रमाञ्चक भिडन्त

Facebook Link

काठमाडौं: घरेलु टोली नेपालले आज इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।

 

नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् । लिग चरणमा म्यानमारले लेबनानलाई ३-१ र किर्गिस्तानलाई ५-० ले पराजित गरेको थियो । नेपालले लेबनानलाई १-० र किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो भने म्यानमारसँग २-२ को बराबरी खेलेको थियो । यद्यपि, म्यानमार शीर्ष स्थानमा रहन सफल रह्यो ।

 

 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगितामा यसअघिका तीन खेल राम्रो भएको बताए । त्यसैले आफ्नो टोली फाइनलका लागि तयार रहेको उनको भनाइ छ । नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलमा पाँचौंपल्ट भिड्न लागेका हुन् । सन् २०१८ मा एसियन ओलम्पिक छनोट अन्तर्गत पहिलो लेगमा यी दुई टोली भिडेका थिए । उक्त खेलमा सावित्रा भण्डारीले तेस्रो मिनेटमै गोल गरे पनि नेपालले उक्त अग्रता जोगाउन नसक्दा १-१ को बराबरीमा चित्त बुझाएको थियो ।

 

 

सन् २०१९ नेपालले दोस्रो लेग म्यानमारसँग खेलेको थियो । त्यतिबेला म्यानमारले नेपालमाथि ३-१ को जित निकालेको थियो । उक्त खेलमा निरु थापाले एक गोल गरेकी थिइन् । लगत्तै भारतमा भएको नादेज्दा कपमा पनि यी दुई टोली आमुन्ने सामुन्ने भएका थिए । उक्त खेल म्यानमारले ३-० को जित हासिल गरेको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...