YouTube Link

चालु आर्थिक वर्षको पाँच महिनामा १९ करोड रुपैयाँ ठगी

Facebook Link

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ । यो विवरण वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारको हो । यो अवधिमा ४ हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् र तिनबाट माथि उल्लेख भएको क्षतिपूर्ति असुल भएको छ ।

 

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, ठगीमा पर्ने अधिकांश व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी लगायतबाट ठगिएका छन् । यो तथ्यांक उजुरीमा परेका आधारको हो तर सबै ठगिनेले उजुरी गर्दैनन् । यो आधारमा ठगीमा पर्ने अरू बढी रहेको अनुमान विभागको छ । विभागमा परेका उजुरी फर्छ्योट पनि हुने गरेका छन् । विभागका अनुसार आधाभन्दा बढी फर्छ्योट भएका छन् । चालु आव २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये दुई हजार १११ वटा (५१.८९ प्रतिशत) फर्छ्योट गराउँदा १९ करोड ३९ लाख ८६ हजार ३० रुपैयाँ बराबर क्षतिपूर्ति भराइएको छ ।

 

विभागका अनुसार यो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा एक हजार ७०८ वटा छन् । जसमध्ये एक हजार ६४४ वटा उजुरी फर्छ्योट भए भने ११ वटा उजुरीमा मिलापत्र गराइएको छ । यसमा ११ लाख ५४ हजार ५०० रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ । प्रहरीमा दर्ता भएका ६६ वटा फर्छ्योट हुन बाँकी छन् । यसै गरी यो अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा एक हजार ५६१ वटा उजुरीको १४ करोड ६७ लाख ६१ हजार ५३० रुपैयाँ दाबी गरिएको छ । यो शाखामा परेका उजुरीमध्ये २६० वटा उजुरीको मिलापत्र भएका छन् भने ७८ वटा उजुरी अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । त्यसैगरी उद्धार, राहत तथा समन्वय शाखामा ८२० वटा उजुरी परेकामा ४७७ वटा फर्छ्योट भएका छन् । यो शाखामा यस अवधिमा परेका उजुरीमध्ये ३७६ वटा उजुरीमा चार करोड छ लाख ७० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...