फूलचोकी जंगलमा हराएका १३ जना युवायुवतीको उद्धार
वि.सं.२०८१ पुस ९ मंगलवार ०६:३९
1.7K
shares
काठमाडौं: ललितपुरको फूलचोकी जंगलमा हराएका १३ युवायुवतीलाई प्रहरीले उद्धार गरेको छ । सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
‘गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको समूह अपराह्न साढे ३ बजेदेखि र ६ जनाको अर्को समूह ४ बजेदेखि छोटो दूरीको बाटो भन्दै फर्किने क्रममा हराएका थिए’, उनले भने, ‘अहिले उनीहरू प्रहरीसँग सम्पर्कमा छन् । उद्धारका लागि हाल प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ ।’ उनीहरूमध्ये १० युवा र तीन युवती छन् ।
वि.सं.२०८१ पुस ९ मंगलवार ०६:३९




















