YouTube Link

न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनाबाट पछि हटे बालेन

Facebook Link

काठमाडौं: न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनाबाट काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह पछि हटेका छन् । फुटपाथ विस्तार सम्बन्धी अध्ययन गर्ने जिम्मा पूर्वाधार समितिलाई दिने र समितिको प्रतिवेदनको आधारमा मात्रै अघि बढ्ने सहमति भएसँगै फुटपाथ विस्तार गर्ने योजना रोकिएको हो ।

 

न्यूरोडमा सडकको चौडाइ घटाएर फुटपाथ विस्तार गर्ने बालेनको योजनालाई शुरुमा सडक विभागले अवरोध गरेको थियो । उक्त अवरोधविरुद्ध मुद्दामा गएको महानगरपालिकालाई फुटपाथ विस्तारमा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश गरेपछि महानगरले फेरि पुटपाथ विस्तार थालेको थियो । तर स्थानीय व्यापारीको अवरोध तथा वडाध्यक्ष चिनीकाजी महर्जनको विरोधको कारण फुटपाथ विस्तार तत्कालका लागि स्थगित गर्न बालेन सहमत भएका हुन् ।

 

सोमबार मेयर साह, उपमेयर सुनिता डंगोल, २२ नम्बर वडाका वडाध्यक्ष महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीचको छलफलमा उक्त सहमति भएको हो । महानगरको पूर्वाधार समितिका संयोजक नेतृत्वमा रहेको उक्त समितिलाई मंसिर २ सम्ममा प्रतिवेदन बुझाउन भनिएको छ ।

 

समितिले प्रत्येक ४-४ महिनामा महानगर क्षेत्रभित्र गर्ने पूर्वाधार निर्माणसम्बन्धी अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाउनुपर्ने व्यवस्था अहिले पनि छ । सोही व्यवस्था अनुसार समितिलाई नै यसबारे अध्ययन गर्न भनिएको हो । अध्ययनन गर्न विशेष समिति गठन नभएको र विद्यमान समितिलाई सामान्य रुपमा अध्ययन गर्ने जिम्मेवादी दिनुले न्यूरोडमा फुटपाथ विस्तारको योजनाबाट मेयर साह पछि हटेको जस्तो देखिएको हो ।

 

महानगरपालिकाले न्यूरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार/निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ । सहमतिअनुसार  समिति बनाउने र  उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भएको हो  । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् । उनीहरुले वडा २४ मा भएको फुटपाथ विस्तारले पारेको प्रभाव (सकारात्मक अथवा नकारात्मक ) बारे अध्ययन गरी मंसिर २ गते प्रतिवेदन बुझाउने सहमति भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...