बागमती प्रदेशमा बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै
वि.सं.२०८१ साउन ८ मंगलवार १२:१९
612
sharesहेटौंडा: बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन् । सोमबार नै दावी पेश गर्ने योजना भएपनि मन्त्रालयको भागबण्डा र नेकपा एमालेभित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो ।
नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन् । यस सहमतिपछि लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मंगलबारसम्मको समय दिएका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।
वि.सं.२०८१ साउन ८ मंगलवार १२:१९