Texas College
YouTube Link

उमाकुण्डमा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न, कसले के भने ?

Facebook Link

 

रामेछाप: उमाकुण्ड गाउँपालिकाको आयोजनामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास केन्द्र बागमती प्रदेशका महानिर्देशक दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 

उमाकुण्ड गाउँपालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेकोमा बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि सुवेदीले बालबालिकाको निम्ति उमाकुण्डमा यति धेरै शिक्षाको बारेमा सिक्ने मौका पाएको बताउँदै अन्य ठाउँका पालिकाहरुमा पनि यहि अनुसार सल्लाह सुझाव दिने बताए । शिक्षामा विकास हुनु भनेको सबै क्षेत्रमा विकास हुने बताउँदै सुवेदीले भावी दिनमा पनि उमाकुण्डको लागि प्रदेशको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

 

 

त्यस्तै विशिष्ट अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले पछिल्लो समय विद्यालयहरुमा विद्यार्थीको संख्या कम हुदै गएकोमा चिन्ता व्यक्त गर्दै अब विद्यालयहरु मर्जर गरेर सञ्चालन गर्नुपर्ने बताए । विद्यालय मर्जरका लागि शिक्षा समन्वय रामेछापले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमलाई बधाई तथा शुभकामना दिँदै गजुरेलले शिक्षाको लागि राम्रो काम उमाकुण्डले गरेकोमा अब आउने दिनमा पनि साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रममा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले स्थानीय सरकारलाई दिएको अधिकार  प्रयोग गरेर शिक्षासँगै अन्य विकासका काम जोड्दै गएमा मात्र समृद्ध उमाकुण्ड हुने बताए । अबको आर्थिक वर्षमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत बताए । अध्यक्ष सुनुवारले कार्यक्रम सफल र सम्पन्न गराउनका लागि साथ सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

 

 

त्यस्तै कार्यक्रममा पालिका उपाध्यक्ष सावित्री सुनुवारले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सबै वडामा सम्पन्न भएको बताउँदै भोलिको दिनमा पनि स्थानीय सरकारले जस्तोसुकै चुनौती आएपनि सामाना गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षालाई उच्च योगदान पुर्याएकोमा उमाकुण्ड-५ का समाजसेवी युवा सन्तलाल सुनुवार र उमाकुण्ड-७ का युवा नेता समाजसेवी तोरण सुनुवारलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीति दलका नेता कार्यकर्ता, बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...