YouTube Link

तीन दिने चौथो आदिवासी चलचित्र महोत्सव २०८१ हुँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघले यहि जेठ २३, २४ र २५ गते तीन दिने चौथो आदिवासी चलचित्र महोत्सव २०८१ गर्ने भएको छ ।

 

महासंघले आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजाति चलचित्रहरुको प्रवर्द्धन तथा संम्बर्द्धन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । २०७६ सालदेखि प्राकृतिक महामारीको कारण आयोजना गर्न नसकिएको महोत्सव यस वर्षदेखि पुनः सुचारु गर्न लागिएको महासंघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

 

नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक राज्य भएका कारण मुलुकको अर्थतन्त्रलाई बलियो बनाउदैं राष्ट्रको पहिचानलाई जोगाई राख्ने अठोटका साथ आदिबासी जनजाति चलचित्रकर्मीहरु आदिबासी चलचित्र निर्माण गरिरहेका छन् । समृद्व नेपाल निर्माणको लागि चलचित्रको धेरै महत्व हुँदा हुँदै पनि सम्बन्धित निकायबाट चासोका साथ यसलाई महत्व दिइएको पाईदैन ।

 

२०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भएदेखि झण्डै ७०० सय भन्दा बढी कथानक आदिबासी चलचित्र निर्माण भईसकेका छन् । तर नीतिगत समस्याका कारण सोचे अनुरुप आदिवासी जनजाति चलचित्रहरुको विकास हुन सकेको छैन । यदि राज्य र सम्बन्धित निकायले चासोका साथ यसलाई प्राथमिकता दिई अवसर प्रदान गर्ने हो भने आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाई राख्नुको साथै नेपालको साँस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउने बिश्वासका साथ महासंघले तीन दिने चौथो आदिबासी चललिचत्र मोहत्सब २०८१ कार्यक्रमको आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

 

चलचित्रको माध्यमबाट आदिवासी जनजातिहरुको मौलिक कला-संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवर्द्धनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘चौथो आदिबासी चललिचत्र मोहत्सव २०८१’ ले सहयोग गर्ने लक्ष्य लिएको छ । साथै यस महोत्सवमा जातिय संस्थाबाट छनौट भई आएका आदिवासी जानजाति मातृभाषी चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने छ । यस महोत्सवमा सहभागिता जनाउने चलचित्रहरुलाई बिभिन्न ८ वटा विधामा अवार्ड प्रदान गरिने पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । उत्कृष्ट चलचित्रलाई नगद रु. २० हजार उत्कृष्ट वृतचित्र १० हजार र उत्कृष्ट सर्टफिल्म १० हजार सहित प्रमाण-पत्र प्रदान गरिनेछ भने पब्लिक च्वाईस अवार्ड पाउँनेलाई रु. ३५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।

 

तीन दिने चलचित्र महोत्सवमा आदिवासी मौलिक खानाको स्टल, मौलिक आदिवासी भेषभुषा, आदिवासी फोटो प्रदर्शन, मौलिक आदिवासी र्याम्प वक, मौलिक विभिन्न जातिको झाँकीको साथमा सास्कतिक कार्यक्रम समेत हुनेछ । नर्भिक अन्तराष्ट्रिय अस्पताल संगको सहकार्यमा जेनरल स्वास्थ्य शिविर, रक्तदान, कार्यक्रम समेत सञ्चालन गरिने बताईएको छ ।

 

चौथो आदिवासी चलचित्र महोत्सवमा चलचित्र बिकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य वैंक, नेपाल टेलिकम, नर्भिक अन्तराष्ट्रिय अस्पताल, माडवाडी सेवा समितिको सहकार्य रहनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...