YouTube Link

सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशता उन्मुख छः महामन्त्री थापा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशता उन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल प्रेस युनिनयनको ३३औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको व्‍यवहार निरंकुशता उन्मुख र अनुदारवादी रहेको बताएका हुन् ।

 

महामन्त्री थापाले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । थापाले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अङ्कुश लगाउने काम गर्न नहुने बताए । थापाले प्रतिपक्षलाई संसद्मा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए ।

 

महामन्त्री थापाले भने, ‘प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँभित्रबाट आफ्नो दुबिधाहरू राख्न छोड्यो भने डेमोक्रेसी त मर्यो । त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नुहुँदैन । प्रतिपक्षलाई संसद्मा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तरले तपाईंहरुसँग जोडिएको छ । किनभने तपाईँ आज माइतीघरको मण्डलामा उभिएर एक जना निहत्था नागरिकले प्रश्न गर्न पाउनुपर्छ । हाम्रो विरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरङ्कुशता उन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै बिस्तारै तपाईँ हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...