YouTube Link

राष्ट्रियसभाका २० सांसदको पदावधि आजदेखि सकिँदै

Facebook Link

 

काठमाडौं: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्ष कार्यकाल तय भएका २० जना सांसदको पदावधि आजदेखि सकिँदैछ । उनीहरूमध्ये १९ जना निर्वाचित हुन् भने विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनीत भएकी थिइन् । पदावधि सकिन लागेका सांसदमा एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित ९ जना छन् । पदावधि सकिनेमा एमालेका ९ जना, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन् ।

 

यी हुन् पदावधि सकिने सांसदहरुः

एमालेबाटः गणेशप्रसाद तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दीलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई र विमला राई पौड्याल (मनोनित) नेपाली कांग्रेसबाटः रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र अनिता देवकोटा नेकपा (माओवादी केन्द्र): विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी नेकपा (एकीकृत समाजवादी): नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा जनता समाजवादी पार्टी (जसपा): प्रमिला कुमारी स्वतन्त्र सांसद: खिमलाल देवकोटा

 

रिक्त १९ पदपूर्तिका लागि गत माघ ११ गते राष्ट्रिय सभा निर्वाचन भएको थियो । नवनिर्वाचित सांसदहरुको सोमबार शपथ कार्यक्रम राखिएको छ । फागुन २१ गतेबाट नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट गरी १० जना सांसद राष्ट्रिय सभामा जाँदैछन् ।

 

त्यसैगरी माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द, नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल, सावित्री मल्ल सांसद बन्दैछन् । नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिय सभाको सपथ ग्रहण गर्दैछन् । १८ जना वर्तमान सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने एमाले उम्मेदवार गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कोशीबाट निर्वाचित भएकी थिइन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...