YouTube Link

बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने

Facebook Link

एजेन्सीः बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकाल विजयी हात पारेकी छिन् । हसिनाको पार्टी अवामी लिग र उनका सहयोगीहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितिसकेका छन् ।

देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उसका सहयोगीहरूले यो निर्वाचन बहिष्कार गरेका छन् । यस कारणले शेख हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ । बीएनपीले भोटिङमा धाँधली भएको आरोप लगाएको छ । आइतबारको नतिजा बीएनपीका नेता र उनीहरूका समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो ।

निर्वाचनको नतिजा सोमबार औपचारिक रुपमा घोषणा हुने बताइएको छ । आधिकारिक तथ्याङ्कले मतदान निकै कम रहेको र करिब ४० प्रतिशत मात्रै मतदान भएको देखाएको छ । आलोचकहरूले त यी तथ्याङ्कहरू पनि बढाइचढाइ गरिएको बताउँछन् । स्वतन्त्र उम्मेदवारले ४५ सिट जितेका छन् । यी स्वतन्त्रहरू पनि अवामी लिगकै रहेको बताइएको छ । जबकि जातीय पार्टीले आठ सिट जितेको छ ।

पहिलोपटक सन् १९९६ देखि २००१ सम्म बंगलादेशको प्रधानमन्त्री भएकी शेख हसिनाको यो समग्रमा पाँचौं र लगातार चौथो कार्यकाल हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...