Rajshow Bivag

राष्ट्रियसभा निर्वाचनका लागि १९ सीटमा ४७ उम्मेदवार

Departmant of helth services

 

काठमाडौं: राष्ट्रियसभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता सुरू भइसकेको छ । अहिलेसम्म सबै दलले उम्मेदवारको टुंगो लगाएर केहीले उम्मेदवारी दर्ता समेत गरिसकेका छन् ।

 

नेपाली काङ्ग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका १० जना चुनावी मैदानमा उत्रिएका छन् । कोशीमा सिटौला उम्मेदवार बन्दा मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनेका छन् । बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार छन् । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटा चुनावी मैदानमा छन् । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्य बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार छन् ।

 

नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनभित्र १९ सीटमध्ये ६ सीटमात्रै आफ्नो मागमा परेपछि अहिले माओवादी केन्द्रले ७ प्रदेशमा ६ उम्मेदवार उठाएको छ । कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द चुनावी मैदानमा उत्रिएकी छन् ।

 

त्यस्तै नेकपा एसबाट अन्तिमसम्म पनि ३ सीटको लागि लबिङ गरिरहेको नेकपा एस अन्ततः २ जनालाई मात्रै चुनावी मैदानमा उतारेको छ । एकीकृत समाजवादीको बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ल चुनावी मैदानमा छिन् ।

 

नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा निर्वाचनको लागि १९ पदमा एमालेका १९ जना नै मैदानमा उत्रिएका छन् । एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौँ), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) लाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै, अपांगता र अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्री देवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता र अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् । १९ सीट मै सत्ता गठबन्धन एकजुट भएर निर्वाचन होमिएको भएकाले एक सीट पनि जित्ने सम्भावना छैन ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १५ जना उम्मेदवार निर्वाचनमा होमिएका छन् । ६ जना उम्मेदवार तय गरिएपनि प्रस्ताव/समर्थक टुंगो नलागेकोले राप्रपाले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रस्ताव/समर्थक टुंगो लागे १९ वटै ठाउँमा उम्मेदवारी दिने राप्रपाले जनाएको छ ।

 

गठबन्धनमा एक सीट पाएको जसपाले पूजा चौधरीलाई अघि सारेको छ । जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी पूजा गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् ।

 

राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेको छ । गठबन्धनबाट १९ जना, नेकपा एमालेबाट १९ र राप्रपाबाट ९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...