YouTube Link

सानिमा बैंकले बोलायो १९औं वार्षिक साधारण सभा

Facebook Link

 

काठमाडौं: सानिमा बैंक लिमिटेडले कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार, ब्यान्केट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । बैंकले प्रस्ताव गरेको लाभांशलाई समेत सभाले पारित गर्नेछ ।

 

बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १४ दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश रहेको जानकारी बैंकले दिएको छ । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो ।

 

बैंकले गत वर्षभन्दा यस वर्ष बढाएर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम शेयरधनीहरूमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...