YouTube Link

हतियारविहीन युद्धको नेतृत्व म आफैँ गर्छु: प्रधानमन्त्री प्रचण्ड

Facebook Link

 

काठमाडौं: समाजवादी मोर्चाले विराटनगरमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौँ जनतालाई सडकमा उतारेर गुण्डाहरूलाई तह लगाउने अभिव्यक्ति दिएका छन् ।

 

‘अस्ति एउटाले हाम्रो महेन्द्र यादवलाई खुकुरी प्रहार भयो । गठबन्धनमा भएको सहमहामन्त्रीलाई खुकुरी हान्दियो । उनीहरूको मनोबल कस्तो रहेछ । तपाईं हामी रक्षात्मक त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी, गाली गलौज हुन्छ इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘हामीले त्यो दिनैपर्ने छ । भोलि सातैवटा प्रदेशको सभा सकिन्छ त्यसपछि हामी बसेर कार्यक्रम बनाउँछौँ सडकमा जाने । लाखौँ जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा,  दलालहरूलाई हामी जिउँदै छौँ भनेर देखाउन परो । अनि मात्रै हाम्रो जित हुन्छ ।’

 

उनले हतियारविहीन युद्धको सुरुवात आफूले गरेको बताउँदै साथ दिन सबैसमक्ष अपिलसमेत गरेका छन् । ‘यो कालमा नयाँ लडाइँ सुरु गरेको फिल हुन्छ । नयाँ लडाइँ हिंसाको होइन । हतियारविहीन युद्धको नेतृत्व गर्न मैले पहल गरिरहेको छु । म अगाडि बढ्छु साथीहरूले सहयोग गर्नुपर्नेछ,’ उनले भने ।

 

साथै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम परिवर्तनको समेत संकेत गरेका छन् । उनले पछिल्लो समय विवादित बनेको कोशी प्रदेशको नाम परिवर्तन गर्ने संकेत गरेका हुन् । उनले पहिचानवादीहरूको मागलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

 

‘कोशीमा पहिचानको पक्षमा आवाज उठाउन साथीहरूलाई बालुवाटार बोलाएर वार्ता गरेको छु । यसको समस्याको समाधान वार्ताको माध्यमबाट आम जनताको भावनालाई कदर हुने गरी सम्बोधन गरिनेछ । आफ्नो पक्षबाट प्रयास जारी गरिरहेको छु । यहाँका जनताको माग सम्बोधन नगरी कन्सट्रेसनतिर जाने काम गरियो भने प्रतिक्रियावादीहरूले मुडभेठको स्थिति बन्छ । जनतालाई भ्रमित गर्न पाइयो भने गणतन्त्र नै उल्ट्याउन सकिन्छ भन्ने प्रयासहरू भएका छन्,’ उनले भने ।

 

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामको विषयमा आन्दोलनरत पक्षलाई उत्तेजित पार्ने तत्वहरू सक्रिय रहेका बेला गृह मन्त्रालय र प्रहरीलाई संयमित अपनाउन निर्देशन दिएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...