YouTube Link

एन्फा अध्यक्ष र महासचिव विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Facebook Link

 

काठमाडौं: असन्तुष्ट पक्षले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिव बर्खास्तीको माग गर्दै निवेदन दर्ता गरेका छन् ।

 

एन्फाको इतर पक्षका बहुमत सदस्यले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित निवेदन दर्ता गराएका हुन् । एन्फाका ४९ जना सदस्यले हस्ताक्षर गरेर एन्फा नेतृत्वविरुद्ध निवेदन दर्ता गराएका हुन् ।

 

पूर्व महासचिव इन्द्रमान तुलाधरले अवैधानिक रुपमा आयोजना गर्न लागिएको विशेष साधारण सभा रोक्ने मागलाई वेवास्ता गरिएका कारण विधान अनुसार अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको निवेदन दिन लागिएको बताए । उनले वर्तमान नेतृत्वबाट एन्फा चल्न नसकेको उल्लेख गर्दै फुटबललाई बचाउन विधान अनुसार सो कदम चाल्नुपरेको दाबी गरेका छन् ।

 

एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार सहितका नेताहरु एन्फा कम्प्लेक्स पुगेर अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता गरेका हुन् ।

 

एन्फा विधानमा ४० प्रतिशत सदस्यले विशेष साधारण सभा बोलाउन लिखित रुपमा माग गरेमा कार्यसमितिले ३० दिनभित्र विशेष साधारण सभा बैठक आहवान गर्नुपर्ने उल्लेख छ ।  विधानले साधारण सभालाई अध्यक्ष, उपाध्यक्ष, महसाचिव, सदस्य सहितलाई बर्खास्त गर्ने अधिकार दिएको छ । एन्फा नेतृत्वमा आएको एक वर्ष पुरा गरेका नेम्वाङ प्रारम्भिक रुपमा एन्फामा प्रस्ट रुपमा अल्पमतमा परेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...