YouTube Link

लन्डनमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को भव्य वर्ल्ड प्रिमियर

Facebook Link

 

लन्डन: ब्रिटिश गोर्खा सैनिकहरूको कथामा निर्मित नेपाली कथनाक चलचित्र ‘गोर्खा वारियर’ एक भव्य समारोहबीच लन्डनमा वर्ल्ड प्रिमियर गरिएको छ ।

 

लन्डनको केन्द्र लेष्टर स्क्वायरस्थित आइम्याक्स सिनेमा हलमा गरिएको रेड कार्पेट प्रिमियरमा ७ सय बढी दर्शकले चलचित्र हेरेका थिए । बलिउड र हलिउडका चलचित्रहरू प्रदर्शन हुने बेलायतको प्रतिष्ठित सिनेमामा कुनै नेपाली चलचित्रको प्रिमियर गरिएको सम्भवत: यो नै पहिलो अवसर हो ।

 

सिनेमाको प्रिमियरअघि चलचित्रका कलाकार तथा प्राविधिक टीम र विशेष अतिथिहरूलाई रेड कार्पेटमा स्वागत गरिएको थियो । सो अवसरमा ब्रिगेड अफ गोर्खाजको ब्यान्ड र पाइपरबाट विशेष म्यूजिकल प्रस्तुति गराइएको थियो ।

 

 

सेन्ट्रल लन्डनको अत्याधिक व्यस्त लेष्टर स्क्वायरको केन्द्रमा बाजागाजा र तामझामसहित नेपाली चलचित्र प्रदर्शन भइरहंदा त्यहां घुम्न आएका सयौं पर्यटक एवम् विदेशीहरुको प्रशस्त ध्यान खिचिएको देखिन्थ्यो । ‘गोर्खा वारियर’ को लन्डन वर्ल्ड प्रिमियरपछि चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो दुई दशकदेखिको प्रयास सफल बनेको महशुस् गरेको बताएका छन् ।

 

चाम्सद्वारा निर्देशित गोर्खा वारियरले बेलायतको लागि मलायाका जंगलमा गोर्खा सैनिकहरूले लडेको ७० वर्षअघिको युद्धलाई पर्दामा उतारेका छन् । युद्धका क्रममा गोर्खाले व्यहोरेका सास्ती, देखाएको वीरता र नेपालमा रहेका परिवारसँगको कारुणिक वियोगका बाध्यताहरुलाई चलचित्रले चित्रण गरेको छ ।

 

 

चलचित्रमा पूर्वगोर्खा रितेश चाम्सको प्रमुख भूमिका छ भने विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल लगायतका कलाकारले पनि अभिनय गरेका छन् । निर्माता सुमन राई र सुस्मिता वाइबा तथा सहनिर्माता सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा छन् ।

 

गोर्खा वारियर आगामी चैत महिनाभित्रै नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा ल्याउने तयारी रहेको गोर्खा वारियरका मिडिया संयोजक आकाश सुनुवारले जानकारी दिए ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९

काठमाडौं: गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन...

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत...

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

वि.सं.२०८२ असोज २३ बिहीवार ०७:१८

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा...

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

वि.सं.२०८२ असोज २२ बुधवार १५:२१

काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी...

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

वि.सं.२०८२ असोज २२ बुधवार १२:०५

काठमाडौं: मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको...