संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी सहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनित
वि.सं.२०८० भदौ १३ बुधवार ०७:४६
1.8K
shares
काठमाडौं: विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी सहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा. गुरुङलाई उपाधी सहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सकृयतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा. गुरुङलाई नेपाल ऋषिकोको उपाधी प्रदानसँगै महासंघले यसलाई अनुमोदन गरेको हो ।
सम्मान ग्रहण गर्दैं डा. गुरुङले ७७ बर्ष पछि पुन न्वरान गरिदिएको भन्दैं महासंघ प्रति आभार प्रकट गरे । उनले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताए । “विश्व हिन्दु महाँसंघले ७७ बर्ष पछि पुन न्वारान गरिदिएको छ । अव बाँकी जीवन सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न लागाउने छु” उनको भनाई छ ।

डा. गुरुङले नेपालको सद्भाव कायम राख्न र्याली भन्दा पनि धर्म र सस्कृतिको व्याख्या गर्ने बेला आएको बताए । नेपाल अध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचत भएको भन्दैं त्यसको अध्ययनमा लागउन सुझाव दिए ।
कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जवराले माता सिता र वुद्धको देश भएको भन्दैं नेपालको सदभावलाई कसैले खलल पुर्याउन नसक्ने दावी गरे । धार्मिक रुपमा एकता भौगोलिक रुपमा विविदता भएको स्वर्ग भुमिका ठूला दलले भष्ट्राचार घुसखोरीले दुषित पार्न खोजेको भन्दैं आक्रोष व्यक्त गरे । उनले नेपालको सदभावनामा कसैले खलल गर्न नसक्ने पनि दावी गरे । उनले भने “मेरै कलिकस्स भनौं ठूला पार्टीले भष्ट्राचार र घुस खोरीले दुशीत बनाएका छन् । तर माता सिता र वुद्धको देशमा जती गरेपनि यहाँको सदभाव खलल गर्न सक्दैन ।‘”
सोही कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपाललमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयत्न भएको भन्दैं त्यसलाई रोक्न सवै लाग्नुपर्ने धारणा राखे । धरानमा भएको गौ हत्या र मन्दिर अघि चर्च निर्माण भएको विषय उल्लेख गर्दैं गोरु काटेर खानेले माफी माग्नुपर्ने बताए । उनले भने “गोरु काटेर खानेले माफी नमागी माफी दिन सकिदैन, पहिला उनीहरुले माफी माग्नु पर्छ । धर्मको प्रतिकको रुपमा रहेको गोरु काटेर खानेको कडा प्रतिवाद गर्नुपर्छ” नेपाललाई धर्म निरपेक्ष घोषणा गर्न अनेकौ राजनीतिक खेल भएको भन्दै विश्व हिन्दु महासंघले हिन्दु राष्ट्रका लागि लाग्नेलाई सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने काम भएको भन्दैं त्यसको विरुद्धमा ऐक्येवद्धता जनाएका छन् । जस्मा जैन सेवा समिति, कृष्ण प्रणामी सेवा समिति, विभिन्न मठ मन्दिरका मठाधिसहरुले ऐक्येवद्धता जनाएका छन् ।
वि.सं.२०८० भदौ १३ बुधवार ०७:४६




















