YouTube Link

नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन, नेपालले विश्व नम्बर वान टोली एवं आयोजक राष्ट्र पाकिस्तानसँग खेल्दै

नेपाल बिना दबाब उच्च मनोबलका साथ खुलेर खेल्न सक्नुपर्छ, नेपाललाई गुमाउनु केहि छैन

World Cup 2026
Facebook Link

 

काठमाडौं: एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक राष्ट्र पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह ३:१५ बजे सुरु हुनेछ ।

 

नेपालभन्दा क्रिकेटमा धेरै बलियो राष्ट्र हो पाकिस्तान । उसले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ । भर्खरै मात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो । तसर्थ, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ ।

 

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा दुई पटकको विश्व विजेता पाकिस्तानसँग खेल्न लागेको हो । एसिया कप खेल्ने नेपालको सपना सन् २००५ मा जुरेको थियो र नेपाल छनोट पनि भयो । तर त्यतिबेला कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन ।‌

 

नेपाल बिना दबाब उच्च मनोबलका साथ खुलेर खेल्न सक्नुपर्छ, नेपाललाई गुमाउनु केहि छैन ।

नेपाल एसिया कप खेल्ने आठौं टोली बन्दैछ । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । सन् १९९२ को विश्वकप तथा २००९ को टि २० विश्वकप विजेता पाकिस्तानसँग खेल्दा नेपाललाई कुनै दबाब हुने छैन ।

 

नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै विश्वलाई देखाउन चाहन्छ । मुल्तान मैदानमा नेपालले ब्याटिङ मै ध्यान दिनुपर्ने हुन्छ । पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण वर्तमान समयमा विश्वकै उत्कृष्ट छ । शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको गती झेल्न सहज हुनेछैन ।

 

नेपाली ब्याटरको अग्नी परीक्षा हुनेछ । यी तीन खेलाडी प्रतिघण्टा १५० किलोमिटर माथिको बल लगातार गर्ने क्षमता राख्छन् । रौफ १५५ माथिको बलिङ गर्ने गर्दछन् । स्वींग, बाउन्स र गती तीनै हुँदा नेपाली ब्याटर समस्यामा पर्नसक्छन् । यदि यी तीन बलर झेल्न सके नेपालले राम्रो ब्याटिङ गर्न सक्छ । पछिल्लो समय सर्ट बल र बाउन्सरमा नेपाली ब्याटरले संघर्ष गर्दै आएको छ ।

 

 

पाकिस्तानको स्पिन आक्रामणमा शादब खान र मोहम्मद नवाज छन् । नेपालले स्पिन आक्रामण सधैं राम्रो खेल्दै आएको छ । नेपालका कप्तान रोहित पौडेल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले खेलमा उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ । कप्तान रोहितबाट नेपाल जिम्मेवारी इनिङ खेल्न चाहन्छ । नेपालले भीम सार्की र अर्जुन साउद मध्य एकलाई खेलाउनेछ ।

 

तेस्रो नम्बरमा विकेटकिपरको रुपमा अर्जुनलाई खेलाउने सम्भावना छ । आसिफको किपिङ राम्रो नहुँदा अर्जुनलाई मौका दिने सम्भावना देखिन्छ । अर्जुनले विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध ४८ रन बनाउँदै राम्रो सम्भावना देखाएका थिए । कुशल मल्ल र गुलशन झा आक्रामक ब्याटर हुन् ।

 

सोमपाल कामी र करण केसी तीव्र गतिका बलर हुन् । गुलशन तेस्रो रोजाईमा खेल्नेछन् । सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । सन्दीपसँग विश्वका लगभग सबै विदेशी लिग र स्टार खेलाडीविरुद्ध खेलेको अनुभव छ । त्यो अनुभवको उनले भरपूर्ण फाइदा उठानुपर्छ । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् ।

 

नेपाल बिना दबाब उच्च मनोबलका साथ खुलेर खेल्न सक्नुपर्छ । नेपाललाई गुमाउनु केहि छैन । यदि नेपालले जादुमयी प्रदर्शनका साथ जित निकाल्छ भने त्यो विश्वकप जिते भन्दा कम हुनेछैन ।

 

नेपालसँग खेल्ने पाकिस्तानको प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

 

नेपालको टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर)  र मौसम ढकाल ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...