YouTube Link

फोटो पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता प्रशिक्षण सुरु

Facebook Link

 

काठमाडौं: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलबारदेखि काठमाडौंमा पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता तालीम सुरु भएको छ ।

 

विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिइने छ । यस्तै तालिममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ ।

 

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए । उनले भने- ‘पर्यटनको लागि फोटो आफैमा महत्वपूर्ण विषय हो । त्यसमाथी समाचारसंगै आउने फाटोले पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्छ । यो तालिमका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।’

 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रर्वद्धनको महत्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरुमा थप निखार ल्याउने अपेक्षा गरेको बताए । जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसँगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरुको क्षमता अभिवृद्धि होस भन्ने उद्धेश्यले यस प्रकारको तालिमको आयोजना गरिएको बताए । उनले  यसअघि पनि पत्रकार महिलाहरुको मात्र सहभागितामा फोटा पत्रकारिता तालिम तालिम सम्पन्न भएको जानकारी दिए ।

 

तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहिता लगायतका विषयका बारेमा प्रशिक्षण दिएका थिए ।

 

यस्तै कार्यक्रममा अर्का प्रशिक्षक किशोर श्रेष्ठले क्यामेराको सञ्चालन, फोटोको महत्व यसका शैद्धान्तिक  तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिएका थिए । सहभागीलाई बुधबा। सुन्धारा, बसन्तपुर, रानी पोखरी लगायतका स्थानमा लगि प्रयोगात्मक कक्षा सञ्चालन गरिने एनएफपीजेका सदस्य तथा तालिम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...