YouTube Link

टोलटोलमा कांग्रेसदेखि एक महिना ‘छुट्टी’सम्मको प्रस्ताव

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसले मासिक क्यालेन्डरसहितको १२ महिने कार्यक्रम प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ शीर्षकमा कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न पार्टीको १२ महिने कार्यक्रम समेत प्रस्ताव गरेका हुन् ।

 

महामन्त्री थापाले असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश गरेका छन् । उनले अरु ११ महिनामा भने पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरेका हुन् । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए ।  त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।

 

यस्तै साउन महिनामा ‘रुख रोपौँ अभियान सञ्चालन गर्ने, युवासँग सम्बन्धित कार्यक्रम गर्ने, भदौ महिनामा अभियानात्मक कार्यक्रम गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्यालेन्डर प्रस्ताव गरिएको छ । असोजमा क्षेत्रीय सभापतिहरुसँग बैठक गर्ने, कात्तिकमा चियापान कार्यक्रम गर्ने, अर्थनीतिसम्बन्धी कार्यक्रम गर्ने, मंसिरमा महिला हिंसाविरुद्धको कार्यक्रम गर्ने, पुसमा विभिन्न राजनीतिक दललाई आमन्त्रण गरेर कार्यक्रम गर्ने, प्रदेश सांसदहरुसँग बैठक गर्ने प्रस्ताव गरिएको छ ।

 

यसैगरी माघमा टोलटोलमा कांग्रेस कार्यक्रम सञ्चालन गर्ने, फागुनमा खेलकुद सप्ताह, चैतमा देशैभरि शान्ति पदयात्रा गर्ने, वैशाखमा जिल्ला सभापतिहरुसँग बैठक गर्ने, जेठमा पनि विभिन्न कार्यक्रम गर्नेगरी क्यालेन्डर बनाइएको छ ।

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...